राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीइओमा ज्ञवाली पुनः नियुक्त

३० साउन ०७५, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा  सुशील ज्ञवाली पुनः नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई पुनः नियुक्त गरेको हो ।

ज्ञवाली प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा पनि सिइओ थिए । ्ज्ञवालीलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले हटाएर गोविन्द पोखरेललाई नियुक्त गरेको थियो ।

पोखरेलले राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लड्न गएपछि तत्कालीन देउवा सरकारले पूर्वसचिव युवराज भूसाललाई सीइओ नियुक्त गरेको थियो ।

चुनावपछि ओली नेतृत्वको सरकारले देउवा सरकारले गरेका नियुक्तिहरु बदर गरेपछि उक्त पद खाली भएको थियो । साढे दुई वर्षको अवधिमा ज्ञवाली पुनः सीइओ बनेका हुन् ।

तपाइको मत