राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

१८ बैशाख ०७६, काठमाडौं । चीन भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल फर्किएकी छिन् ।

९ दिने राजकीय भ्रमणका लागि गत बुधबार चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारीलाई स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण तालिका छोट्याएर एकदिन अगावै स्वदेश फर्किएकी हुन् । उनी बुधबार बिहान साँढे १० बजे नेपाल अवतरण भएकी छिन् ।

राष्ट्रपति भण्डारीले बेइजिङमा बिहीबारदेखि शनिबारसम्म चलेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ष्ट्रिय सम्मेलन (बीआरआई)मा, शुक्रबार उच्चस्तरीय सम्मेलन र शनिबार गोलमेच सम्मेलनमा सम्बोधन गरेकी थिइन् ।

समुद्री सतहबाट ११ हजार ९७५ (३६५९) मिटरमा अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिलाई ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

मंगलबार बेइजिङबाट ल्हासा आइपुगिकी र भण्डारीसहितको टोलीले ल्हासास्थित नेपालको महावाणिज्य दूतावास भ्रमण गरेको थियो ।

तपाइको मत