राष्ट्रपतिद्वारा संघीय संसद्को वर्षे अधिवेशन आह्वान

१७ बैशाख ०७५, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को वर्षे अधिवेशन आह्वान गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आगामी २३ वैशाख अपराह्न ४ बजेका लागि संघीय संसद्को दोस्रो अधिवेशन आह्वान गरेकी हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

२१ फागुनबाट प्रारम्भ भएको संघीय संसद्को पहिलो अधिवेशन २० चैतमा सकिएको थियो । आगामी २३ गतेबाट प्रारम्भ हुने संघीय संसद्मा २४ गतेदेखि तीन दिन प्रि बजेट छलफल र १ जेठसम्म सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यतालिका तय गरिएको छ ।

तपाइको मत