राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै युवाले मागे पशुपतिमा भिख

८ मंसिर ०७५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न र भन्दै युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् ।

सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको विरोधमा सांकेतिक रुपमा भिख माग्न युवाहरु पशुपतिनाथ मन्दिर परिसर पुगेका हुन् ।

कार्यक्रममा सहभागी युवाहरुले राष्ट्रपतिको गाडी खरिदको विरोध मात्र नभएर सरकारका सबै गतिविधिको सांकेतिक विरोधका लागि भिख मागेको बताए ।

उनीहरुले शनिबार बिहान ११ बजेदेखि दुई घण्टासम्म भिख मागेर २३ सय ५० रुपैयाँ संकलन गरेको र संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने बताए ।

तपाइको मत