यौन हिंसाबाट बच्चा जन्माएकी एकल महिलाले न्याय पाइनन्

१३ असोज ०७५, राजविराज । छिमेकीकै यौन हिंसाबाट बच्चा जन्माएकी एकल महिला उर्मिला सदा डिएनए परीक्षणको लागि तयार रहे पनि न्याय पाउन सकेकी छैनन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका १ चहका टोलकी ३१ वर्षीया सदाले २ वर्ष अघि पति नारायण सदाको मृत्यु भएपछि चार सन्तानको पालनपोषणका लागि छिमेकी ३५ वर्षीय ओमप्रकाश यादवको घरमा भाडा वर्तन माझ्नेदेखि लिएर खेतीपातिसम्मको काम गर्दै आइकी थिइन् ।

बच्चासँग उर्मिला ।

उर्मिलाका अनुसार घरमा कोही नभएको मौकामा ओमप्रकाशले कसैलाई भन्यो भने तिमी र तिम्रो छोरा छोरीको लागि ठिक हुदैन भनी धमक्याउदै आफूसँग जवरसस्ती पटक–पटक यौन सम्पर्क गरेको उर्मिलाको भनाई छ ।

छिमेकीबाटै यौन हिंसाको शिकार भएको बताएकी उनले न्यायका लागि स्थानीय नेता, जनप्रतिनिधि मानवअधिकारकर्मी र प्रहरीसम्म गुहार्दा पनि आश्वासन बाहेक केही नपाएको सुनाईन् ।

हालसम्म आधा दर्जन भन्दा बढी निकायमा उजुरी दिईसकेकी सदाले आफू गर्भवती भएपछि विवाह गर्ने प्रलोभन देखाउँदै यौन शोषण गरेपनि दलित भएकै कारण आफूलाई स्वीकार गर्न नमानेको उर्मिलाको भनाई छ ।

हाल पाँचौ सन्तानको रुपमा काँखमा रहेका तीन महिनाका छोरा ओमप्रकाशकै शारीरिक सम्बन्धबाट जन्मेकोे दावी गर्दै उनले बच्चा जन्मिनु अघि न्यायका लागि ईलाका प्रहरी कार्यालय कडरवोनामा पुगेको र त्यति बेला प्रहरीका एक जिम्मेबार अधिकारीले पहिले बच्चा जन्माउ अनि बच्चाको डिएनए जाँच गरेर आरोपीमाथि कारवाही हुने आश्वासन दिएको बताइन् ।

तर अहिले बच्चा जन्मिएपछि इलाका प्रहरी चौकी जाँदा कहिले जिल्ला प्रहरी त कहिले अदालत जाँउ भन्ने गरेकोले डिएनए परीक्षण गर्न आफु तयार रहेको भन्दै सम्बद्घ पक्षलाई यसका लागि पहल गर्न आग्रह समेत गरेकी छिन् ।

यस विषयलाई लिएर गाउँमा बसेको पञ्चायतिमा ओमप्रकाशले गल्ती स्वीकार्दै विवाह गर्ने कबोल गरेपनि पछि गएर ओमप्रकाशले बोली फेरेको बताईन् ।

यता इलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले पीडित महिलाको उजुरीका आधारमा आरोपी भनिएका ओमप्रकाशलाई पक्राउ गरी एक रात थुनामा राखिएर सोधपुछ गरी छोडिएको बताए ।

तत्काल प्रमाण नदेखिएपछि भोलि पल्ट मुक्त गरेका हौ, प्रहरी निरीक्षक श्रेष्ठले भने ‘त्यतिबेला बच्चा जन्मिएपछि डिएनए टेस्ट मार्फत कारवाही प्रक्रिया अगाडी बढाउने देखिएकाले प्रहरीबाट त्यस्तो भनिएको होला अहिले त बच्चा नै जन्मि सकेपछि डिएनए टेस्ट गर्न सजिलो भएको छ ।

डिएनए टेस्ट म्याच गरेको खण्डमा आरोपीमाथि अंश लगायतका मुद्दा सहजै दायर गरेर उर्मिलालाई न्याय दिलाउन सकिने प्रहरी निरीक्षक श्रेष्ठको भनाईछ । तर यसका लागि जिल्ला प्रहरी कार्यालयका महिला सेलमा सम्पर्क गर्न उहाँले सुझाव समेत दिएका छन् ।

न्यायका लागि उर्मिलालाई सघार्र्ई रहेका दलित जनचेतना संगमका कार्यकारी निर्देशक गणेश कुमार रामले प्रहरीले ढिलाई गर्दा उर्मिलाको भविष्य अन्धकारमय बन्दै गएको भन्दै न्यायका लागि सरोकारवाला सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

तपाइको मत