यातायात कार्यालयका अधिकृत १३ हजार घुससहित पक्राउ

२० माघ ०७६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालयका अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ गरेको छ ।

अख्तियारबाट खटिएको टोलीले सानो भ¥याङ स्वयम्भुमा कार्यरत अधिकृत पौडेललाई १३ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

पौडेलले सेवाग्राहीबाट सवारी कर र प्रदूषण बापतको रकम तिर्न घुस लिएको अख्तियारले जनाएको छ ।