म्याच फिक्सिङको आरोप लागेका ६ खेलाडीले पाए सफाइ

२४ जेठ ०७५, काठमाडौं । विशेष अदालतले म्याच फिक्सिङको आरोप लागेका ६ जना खेलाडी सफाइ दिएको छ ।

बिहीबार  न्यायाधीयशहरु बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ (वैद्य) र नारायणप्रसाद पोखरेलको इजलासले अञ्जन केसी, रितेश थापा, सागर थापा, सन्दीप राई, विकाससिंह क्षेत्री र देजीव थापालाई सफाइ दिएको हो ।

उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो तर, राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसलामा उल्लेख छ ।

उनीहरुविरुद्ध म्याच फिक्सिङको आरोपमा २०७२ साल कार्तिक २२ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो । २४ कात्तिकमा अञ्जन केसी र रितेश थापाले ५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी बुझाएर छुटेका थिए ।

तपाइको मत