मेयरको स्वास्थ्य अवस्थबारे बुझ्न गृहमन्त्री हस्पिटलमा

१३ बैशाख ०७५, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले  मध्यपुरथिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गत शनिबार आफ्नै निवासमा अज्ञात समूहले रड प्रहार गर्दा घाईते भएका श्रेष्ठ उपचारत नेपाल–कोरीया मैत्री हस्पिटल भक्तपुरमा पुगेर गृहमन्त्री बादलले  स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री बादलले मेयर श्रेष्ठको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई कडा कारवाही गर्ने प्रतिवद्धता समेत व्यक्त  गर्दै यस्ता घटना दोह¥याउन नदिन गृह मन्त्रालय गम्भिर रहेको बताए ।

गृहमन्त्रीले आक्रमणमा संलग्न भएको आशंमा केही व्यक्ति पक्राउ परेको र  अन्यको पनि खोजी जारी रहेको बताए ।

तपाइको मत