१८ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल माइतीघर मण्डलामा जारी धर्नामा सहभागी भएका छन् ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमका विरूद्ध जारी धर्ना कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ साथै नेतृ अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, सुरेन्द्र पाण्डे लगायत प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा सदस्यहरु र नेकपाका नेताहरुकाे सहभागिता रहेकाे छ ।
संसद विघटनको विराेधमा यही माघ १४ गतेदेखि माइतीघर मण्डलामा नेकपाकाे प्रचण्ड–माधव समूहले धर्ना दिँदै आएको छ ।