महासंघद्वारा प्रदेश निर्वाचनका लागि मनोनयन दर्ता समय थप

७ बैशाख ०७५, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ ।

वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता गर्ने समय निर्धारण गरेकोमा प्राविधिक कारण देखाउँदै महासंघले  आइतबार बिहान १० बजेदेखि ४ बजेसम्म समय थप गरेको हो ।

उम्मेदवारप्रति दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय शनिबारका लागि निर्धारण गरिएकामा उक्त कार्य सोमबारका लागि निर्धारण गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य वालकृष्ण बस्नेतले जानकारी दिए ।

प्रेस सेन्टर नेपाल, प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले समझदारी कायम गरी निर्वाचनमा भाग लिन लागेको भन्दै त्यसको विरोध स्वरुपप्रेस सोसाइटी नेपाल,  क्रान्तिकारी पत्रकार संगठन, संघीय प्रेस फोरम, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल,  प्रगतिशिल पत्रकार संघ नेपाल र मधेसी पत्रकार समाजले महासंघका कार्यालयहरुमा आज तालाबन्दी गरेको छ ।

तालाबन्दी भए पनि पूर्वनिर्धारित कार्यक्रम अनुसार सबै ठाउँमा उत्साहजनक रुपमा मनोनयन भएको महासंघले जनाएको छ ।

तपाइको मत