महाकुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, पाँचजनाको घटनास्थलमै मृत्यु

१९ माघ ०८१, काठमाडौं । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी बिहारको मुजफ्फरपुरमा अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको हो ।

मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुरको पहिचान खुलेको छ । मृतकमध्ये गाडीचालक शम्भु सिरहा र अन्य महोत्तरीका हुन् ।

उक्त गाडीमा ९ जना सवार रहेकोमा ४ जना (मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी) गम्भीर घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।