२० बैशाख ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा औपचारिक रुपमा नै भङ्ग भएको घोषणा गरेको छ ।
मंगलबार बसेको राजपाको केन्द्रीय समिति बैठकले आसन्न बैशाख ३१ को निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सहभागी हुने भएपछि मोर्चा भङ्ग भएको घोषणा गरेको हो ।
मधेश केन्द्रीत दल राजपा नेपालको बैठकमा फोरम अध्यक्ष यादवको आलोचना र उपेन्द्र यादवले मधेशी मोर्चामा भएको निर्णय विपरीत कार्य गरेको भनी आलोचना भएको थियो ।
अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले उपेन्द्र यादवले मधेशी मोर्चालाई मात्र होइन, सिगों मधेशलाई धोका दिएको आरोप लगाए ।
सविधान संशोधन नभएसम्म चुनावमा सहभागी नुहने सबैभन्दा कडा रुपमा प्रस्तुत भएका उपेन्द्र यादवले चुनावमा भाग लिन उम्मेदवारी दर्ता गराएको आलोचना गर्दै नेता राजकिशोरले यसको हिसाब मधेशी जनताले लिने समेत बताए ।