१६ बैशाख ०७९, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका मत गणनास्थलमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ ।
मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भए विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भन्दै आयोगले सिसी क्यामरा राख्न निर्देशन दिएको हो ।
आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ ।