मगर राष्ट्रिय मुक्तिमोर्चाको म्याग्दे गाउँपालिका अध्यक्ष चुनिए प्रेम थापा

२९ माघ ०७८, तनहुँ । नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल म्याग्दे गाउँपालिका तनहुँको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

शनिबार तनहुँको बेलटारमा सम्पन्न अधिवेशनले प्रेमबहादुर थापामगरको अध्यक्षतामा उपाध्यक्ष केसीमाया थापामगर, सुजन आलेमगर, सचिव चमनसिं रानामगर, सहसचिव पदम थापामगर, कोषाध्यक्ष सोममाया थापामगर पदाधिारी रहेको २५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

नवगठित कार्यसमिति सदस्यहरुमा मोतिसरा थापामगर, भिमबहादुर थापामगर, सोमबहादुर गरञ्जामगर, सूर्यसिं थापामगर, विकास आलेमगर, होम रानामगर, सुमन राना मगर, छविलाल आलेमगर, सोनी थापामगर, चन्द्रा रानामगर, महेन्द्र थापामगर, राम आले मगर निर्वाचित भएका छन् ।

होमबहादुर आलेमगरको अध्यक्षता र हर्कबहादुर रानामगरको सञ्चालनमा भएको उक्त अधिवेशनमा मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल गण्डकीका इन्चार्ज लोकेन्द्र थापामगरको प्रमुख आतिथ्य साथै विशेष अतिथि नेकपा माओवादी केन्द्र, केन्द्रीय स्कुलिङ विभाग सदस्य शम्भुबहादुर अधिकारी, विशेष प्रदेश सदस्य एसबी थापामगर, गण्डकी प्रदेश सदस्य डिलबहादुर नेपाली, म्याग्दे गाउँपालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ, सचिव सुकराम विक, कोषाध्यक्ष राजन नेपाली, म्याग्दे गापा शिक्षक संगठनका सचिव प्रेम थापा, वडा नं. २ का अध्यक्ष तिलबहादुर थापा, वडा नं. ३ का अध्यक्ष लेखराज लामिछाने, वडा नं. ६ का अध्यक्ष प्रकाश भण्डारीको आतिथ्यता रहेको थियो ।