१० असार ०७५, राजविराज । स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई अनुगमन गर्न महादेवा गाउँपालिकामा जनपरिचालन तथा संघर्ष समिति गठन भएको छ ।
महादेवा गाउँपालिका अन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारका विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि अनुगमन गर्न नेपाल कम्युनिष्ट पार्टीले ३१ सदस्यीय जनपरिचालन तथा संघर्ष समिति गठन गरेको हो ।
महादेवा गाउँपालिकामा निर्माण भएका भौतिक पूर्वाधारमध्ये पुल, सडक, खानेपानी, विद्यालय भवन, लक्षित वर्गको बजेटलगायतका क्षेत्रमा धेरै अनियमितता भएको प्रारम्भिक जानकारी आएकोले जनपरिचालन तथा संधर्ष समिति गठन गर्नु परेको समितिले जनाएको छ ।
महादेवा गाउँपालिकाका पदाधिकारीहरुले गुणस्तरीय सामग्रीको प्रयोग नगरेको, प्राविधिक स्टिमेट अनुसारको काम नभएको अनुगमनका क्रममा देखिएको बताएको छ ।
निर्माण भएका प्रायः सबै योजनामा आमभेला नबोलाई एक्लौटी रुपमा उपभोक्ता समिति गठन भएपनि भने अनुसारको काम नभएकाले महादेवा गाउँ पालिकामा जनपरिचालन तथा संघर्र्ष समिति गठन गर्नु परेको पुर्व मन्त्रि उमेश कुमार यादवले बताए ।