भारतीय प्रधानमन्त्रीको स्वागतका लागि बनाइएको पण्डाल र स्वागत द्वार हावाहुरीले भत्कियो

२६ बैशाख ०७५, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका लागि बनाइएको पण्डाल र स्वागतद्वार भत्किएको छ ।

बुधबार बिहान वर्षासँगै आएको हावाहुरीले स्वागतका लागि  बनाइएको स्वागतद्वार ढलेको हो ।

वर्षासँगै आएको हावाहुरीले सडकको पण्डाल खसे पनि अभिनन्दन हुने स्थानमा खासै क्षति नभएको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कर्णले बताए । हावाहुरीले  पण्डाल ढल्दा केही मजदुर समान्य घाइते भएको कर्णले  बताए ।

पछिल्लो दुई साता यता मोदीको स्वागतकालागि २४ घण्टा मजदुर परिचालन गरेर रंगभूमी मैदान सरसफाइ, रंगरोगन, पण्डाल निर्माण भइरहेको छ ।

तपाइको मत