२१ बैशाख ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसदको बजेट अधिवेशन लागि आह्वान गरेकी छन् ।
आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै उनले बैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपतिले बजेट पेश गर्नुअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने चलन छ ।
हरेक वर्ष जेठ १५ गते आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ ।