बैदेशिक रोजगारमा हुने ठगी मुक्त जिल्ला घोषणा गर्न अभियान चलाउने

२० पुस ०७५, राजविराज । सप्तरीमा बैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गरी ठगी मुक्त जिल्ला घोषणा गर्नका लागि अभियान चलाउने भएको छ ।

बैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र लाभदाय बनाउन उद्देश्यले आप्रवासन हकहित संरक्षण केन्द्रका सदस्यहरूको एकदिने क्षमता अभिबृद्वि सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन ।

सामी हेल्भेटास नेपालको सहयोगमा तथा सप्तरी सामुदायिक बिकास केन्द्र आयोजनमा क्षमता अभिबृद्वि कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले भाषाको ज्ञान, सिपको अभाबका कारण कामदारहरू बिदेशमा समस्यामा पर्ने गरेको बताए । उनले बिदेशमा जादाँ सहि सुचना र सीप तथा सम्बतन्धित् कामको ग्यारेन्टी नहुन्जेलसम्म परदेश जान नहुने बताउँदै सबै कुरा बुझेर मात्र जान आग्रह समेत गरे ।

सो अवसरमा सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देव नारायण चौधरीले सम्भाबित आप्रवासी कामदार तथा तिनका परिवारले बैदेशिक रोजगार वारेमा सहि सुचनाको अभावका कारण बिदेशमा युवाहरू ठगिने गरेकोले सबै कुरा बुझेर जान सल्लाह दिए ।

संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा अध्यक्ष चौधरीसहित नेपाल पत्रकार महासँघ शाखा सप्तरी सहसचिव चन्दनकुमार यादब, आप्रवासन हकहित संरक्षण केन्द्रका अध्यक्ष जयबिन्द सिंह, सुचना तथा परामर्श केन्द्रका संयोजक रामप्रवेश मण्डल, लगायतले सहजिकरण गरेका थिए ।

सुरक्षित आप्रवासन हकहित केन्द्रको पुर्नगठन

सोही कार्यंक्रममा सुरक्षित आप्रवासन हकहित केन्द्र सप्तरीको पुर्नगठन गरिएको छ ।

आप्रवासन हकहित केन्द्र सप्तरीको अध्यक्षमा पुनंः जयबिन्द सिंहको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको छ ।

चयन भएको समितिको उपाध्यक्षमा कंचनपुरवाट गोमा अचार्य सचिवमा बिरेन्द्र मण्डल, सहसचिवमा दिलिपकुमार यादब, कोषाध्यक्षमा दुर्गा भटराई, चयन गरिएको छ ।

यसैगरी सदस्यहरूमा सवनम खातुन, रिषु चौधरी, संतोष पाल, लाल महम्मद, संतोष कुमार यादब, र जितेन्द्र सिंन्हा चयन भएको छ भने सल्लाहकारमा पत्रकार चन्दनकुमार यादब, सप्तरी समुदाय बिकास केन्द्रका रामप्रवेश मण्डल र प्रकाश पोखरेल चयन गरेको सप्तरी सामुदायिक बिकास केन्द्रका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।

यस्तै पर्नगठित केन्द्रका अध्यक्ष सिंहले बैदेशिक रोजगारीमा युवाहरूलाई दलालहरूले झुठो प्रलोभनमा पारी रकम ठगी गर्नेलाई समाजिक दण्ड दिनुपर्ने बताउँदै बैदेशिक रोजगारमा सप्तरीमा हुने ठगीलाई नियन्त्रण गर्नका लागि गाँउ–गाँउमा अभियान चलाउने र जिल्लालाई केही वर्षमै ठगी मुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता समेत जनाए ।

तपाइको मत