२४ मंसिर ०७५, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज नेपालले आयोजना गरेको बिरोध प्रदर्शनमा सहभागी भएका अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल सहित दुई दर्जन भन्दा बढी पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।
‘निर्मला पन्तको बलात्कार र हत्या घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको असक्षमता हो र महिलाहरु माथि हुने हिंसा र अत्याचार जघन्य अपराध हो’ लेखिएको ब्यानरका साथ अधिकारवादीहरु बालुवाटारमा धर्ना दिन पुगेका थिए ।