१८ बैशाख ०७६, सप्तरी । राजविराज नगरपालिकाले बालश्रम रोक्न र संरक्षण गर्न आचारसंहिता निर्माण गर्न लागेको छ ।
राजविराज नगरपालिकाभित्र विभिन्न स्थानमा अझै बालश्रमको प्रयोग भइरहेकाले त्यसलाई रोक्न विभिन्न सचेतनामुलक अभियान चलाई रहेका बेला यसलाई थप प्रभावकारी बनाउन बुधवारदेखि नगरपालिकाको सभाकक्षमा २ दिने बालसंरक्षण नीति तथा आचारसंहितानिर्माण कार्यशालाको आयोजना गरेको छ ।कार्यशालाको उद्घाटन नगर प्रमुख शम्भु प्रसाद यादवले गरेका छन् ।
कार्यशालाको उद्देश्यबारे प्रकाश पार्दै यूनिसेफका मेघराम गौतमले बाल संरक्षणका विषयमा बुझाईमा एकरुपता कायम गर्ने, नगरपालिकामा विद्यमान बालसंरक्षणका सञ्चालकहरु तथा बाल क्लवका सञ्ंचालकहरुबाट यस क्षेत्रमा गरिएका प्रयासहरुको समीक्षा गरी बाल संरक्षण नीति तथा आचार संहिता निर्माण गर्न लागिएको जानकारी दिए ।
बालश्रम न्यूनीकरण तथा बालसंरक्षणका लागि निकट भविष्यमै निर्माण हुन लागेको आचार संंहिता धेरै सहयोगी बन्ने विश्वास व्यक्त गर्दै नगरपालिकाका सामाजिक विकास अधिकृत मनोज कुमार यादवले यसमा समाजका अगुवाहरुको भुमिका महत्वपूर्ण हुने बताए ।
२ दिने गोष्ठीमा नगरका विभिन्न वडाका वडा अध्यक्ष, सञ्चारकर्मी, प्रहरी, गैसस महासंघ, बालक्लव, सवल नेपाल, लगायतका संघ संस्थाका प्रतिनिधि सहभागी छन् ।
राजविराजरामा तीन दिने अगरवती तालिम सुरु
गरिब र एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले राजविराजरामा तीन दिने अगरवती (धुप) बनाउने तालिम आयोजना गरिएको छ ।
स्थानीय स्तरमै उपलब्ध वस्तुहरुको प्रयोग गरेर लामखुट्टे धपाउने र पुजामा प्रयोग हुने अगरवती (धूप) बनाउन सकिने र बनाइएका अगरबती बेच्न पनि टाढा जानु नपर्ने भएकाले नगरपापलिकामा रहेका एकल महिला र विपन्न महिलालाई अगरबती बनाउने तालिम दिर्ईएको तालिम आयोजक संस्थाका अध्यक्ष जंगबहादुर सिंहले बताए ।
तालिममा प्रशिक्षण दिई रहेकी आभासेतु सिंहले नगरका अतिविपन्न गरिब दलित तथा एकल महिलालाई आर्थिक उपार्जनमा सहयोग पु¥याउन अगरबती बनाउने तालिम दिइएको बताइन । अगरबती बनाउनेले दैनिक ५ सयदेखि १ हजार रुपैयाँसम्म आम्दानी गर्न सक्ने बताइन ।
बुधवारदेखि सुरु भएको तीन दिने तालिममा नगरका विभिन्न वडाका ३० जना महिला सहभागी छन् । तालिमका लागि प्रदेश सभा सदस्य मनिष कुमार सुमनले संसदीय विकास कोषबाट सहयोग उपलब्ध गराएको आयोजक संस्थाका अध्यक्ष सिंहले बताए ।