बागलुङको छिस्तीमा जीप दुर्घटना, ४ को मृत्यु

८ फागुन ०७५, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेको ध १ ज ७९१ नम्बरको जीप मंगलबार साँझ छिस्तीको रापुङटुनीबोटमा दुर्घटना भएको हो ।

मृयु हुनेमा सोही बिद्यालयमा अध्ययनरत तीन छात्राहरु १७ वर्षीय प्रियंका पुन, १४ वर्षीय एलिना पुन, १२ वर्षीय ज्योति पुन र बिद्यालयकी ३० वर्षीय लेखापाल टीका पुन रहेका छन ।

जीप दुर्घटनामा गम्भीर घाईते हुनेहरुमा ३० वर्षीय धना पुन, १६ वर्षीय विष्णु श्रीस, १६ वर्षीय संगम पुन र १२ वर्षीय सम्झना पुनलाई थप उपचारका लागि पोखरा रिफर गरिएका अञ्चल अस्पतालले जानकारी दिएको छ ।

अञ्चल अस्पचालमा भर्ना गरिएका विशाल परियार, नन्दकली श्रीस पुन र सविना पुनको उपचारपछि डिस्चार्ज गरिएको छ भने पूजा पुन, निर्मला पुन र तिर्सना पुनको अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

जीप सडकदेखि करिव ७ सय मिटर तल खसेको थियो । जीप चालक १८ वर्षीय प्रविन पुनलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत