२६ बैशाख ०७५, एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर र व्यापारी आनन्द आहुजाबीच विवाह सम्पन्न भएको छ ।
लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले मंगलबार विवाहमा परिणत गरेका हुन् । विवाह सोनमकी आन्टी कविता सिंहको बान्द्रास्थित पुस्तैनी भवनमा पञ्जावी रीति–रिवाज अनुसार सम्पन्न भएको थियो ।
विवाहमा बलिउडका कलाकारहरु अभिषेक बच्चन, रणवीर सिंह, अर्जुन कपुर, ज्याकलिन फर्नान्डिज, स्वरा भास्कर, लगायतको कलाकारहरुको बाक्लो उपस्थिती रहेको तस्वीरहरु सार्वजनिक भएका छन् ।