७ भदौ ०७५, काठमाडौं । सरकारले वीरगञ्जमा निम्बस समूहद्वारा सञ्चालित प्रोवायोटेक प्रालिबाट उत्पादन हुने खाने तेलको उत्पादनमा प्रतिवन्ध लगाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभेक्ता हित संरक्षण विभागले निम्बस कम्पनीलाई उत्पादित भटमास, सूर्यमुखी र तोरीको तेल उत्पादनमा प्रतिवन्ध लगाएको हो ।
खाने तेलमा मापदण्डभन्दा अत्यधिक बढी मात्रामा फ्याट्टी एसिड भेटिएकोले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने स्थिति देखिएकाले उत्पादन बन्द गर्न जिल्ला प्रशासन कार्यालयको टोलीलाई पठाईएकोे विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए ।
मन्त्री यादवले नीम्बस कम्पनीबाट उत्पादित तेलको नमूनामा अत्याधिक ऐसिडको मात्रा देखिएकोले उक्त उद्योग सिल गरि थप अनुसन्धान गर्ने निर्णय गर्नुका साथै उपभोक्ता हितलाई ध्यानमा राखि गुणस्तरहीन बस्तुमा रोक तथा त्यस्ता उत्पादककर्तालाई दण्ड दिन दृढ़ रहेको बताए ।
साउन २३ गते आपूर्ति मन्त्री मात्रिका यादवले वीरगञ्ज पुगेर अनुगमन गर्ने क्रममा सोयाबीन, सन्फ्लावर र तोरीको तेलको नमूना लिएर नमूना परिक्षणका लागि नापतौल तथा गुणस्तर विभागको प्रयोगशालामा पठाएका थिए ।