२२ फागुन ०७५, काठमाडौं । प्रधानमन्त्री केपी ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा भर्ना भएका छन् ।
मुटुको नियमित जाँचका लागि भन्दै बुधबार अस्पताल पुगेका प्रधानमन्त्री ओली भर्ना भएका हुन् । थप परीक्षण गर्नुपर्ने देखिएको भन्दै अब्जरभेसनमा राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार निजी चिकित्सको सल्लाहमा वीरगन्ज जाने कार्यक्रम रद्द गरेर प्रधानमन्त्री ओली अस्पताल भर्ना भएको जानकारी दिए ।