प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

२५ बैशाख ०८०, काठमाडौं । सर्वोच्च अदालतका कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

अध्यादेशले खारेज गरेको संवैधानिक परिषदसम्बन्धी कानूनका केही प्रावधान नब्यूँतिएपनि परिषदका सबै पदाधिकारीहरुले सर्वसम्मतरुपमा प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेका हुन् ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले दिएको जानकारीअनुसार परिषदको सोमबार बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो ।

सर्वोच्च अदालत १५ महिनादेखि कायम मुकायमको नेतृत्वमा थियो ।