प्रधानन्यायाधीशमा मिश्रको नाम सर्वसम्मत अनुमोदन

२५ भदौ ०७५, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सोमबार बिहान भएको सुनुवाईपछि समितिले मिश्रको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

सांसदहरूले मिश्रबारे समितिमा परेका उजुरीका सम्बन्धमा प्रश्न गरेका थिए । मिश्रले न्यायपालिकाको भावी कार्यदिशाबारे २५ पृष्ठको कार्ययोजना पेश गरेका थिए ।

अब संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

तपाइको मत