प्रदेश ५ को २८ अर्ब ९ करोडको बजेट सार्वजनिक

१ असार ०७५, बुटवल । प्रदेश ५  सरकारले आगामी वर्षका लागि २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलले २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट  प्रस्तुत गरेका हुन् । बजेटमा ११ अर्ब ४६ करोड र पुँजीगततर्फ १६ अर्ब ६२ करोड रकम विनियोजन गरिएको छ ।

बजेटले गरिबीमा चौथो स्थानमा रहेको प्रदेशलाई ५ वर्षभित्रमा २६ प्रतिशतबाट १० मा झार्ने लक्ष्य लिएको छ ।बजेटले भौतिक पूर्वाधार समृद्धिको आधार मानेर सहरी संरचना निर्माण र एकीकृत बस्ती विकासलाई प्राथमिकता दिएको छ ।

बजेटले प्रदेशबाट २ अर्ब ४० करोड राजस्व संकलनको लक्ष्य लिएको छ । बजेटले उद्योग, पर्यटन, कृषि र पूर्वाधारमा बढी जोड दिएको छ ।निजी क्षेत्र र सहकारी क्षेत्रसँगको सहकार्यमा प्रदेशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने नीति अघि सारेको छ ।

तपाइको मत