प्रदेश ३ स्तरीय सुरक्षा बैठक हेटौंडामा सुरु

३ बैशाख ०७५, काठमाडौं । प्रदेश ३ स्तरीय सुरक्षा बैठक हेटौंडामा सुरु भएको छ ।

मंगलबारदेखि हेटौडामा सुरु भएको दुई दिने बैठक बुधबार गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गर्ने छन् ।

दुई दिने कार्यक्रममा नेपाली सेनाबाहेक सुरक्षा निकायका प्रमुखहरुले प्रदेशको सुरक्षा अवस्था र चुनौतीका बारेमा महत्वपूर्ण सात वटा विषयमा प्रस्तुति दिनेछन् ।

बैठकको व्यवस्थापनको जिम्मेवारी प्रदेश प्रहरीलाई दिइएको छ । बैठकमा प्रदेश ३ का १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनपथ, सशस्त्र, अनुसन्धान र नेपाली सेनाका प्रमुखको सहभागिता रहेको छ ।

तपाइको मत