११ बैशाख ०७६, काठमाडौं । प्रदेश ३ सरकार र गैरआवासीय नेपाल संघ (एनआरएनए) बीच मुना आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्ने सम्झौता भएको छ ।
बुधबार भएको सम्झौतामा भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.योगेन्द्र कार्की र एनआरएनएका आवासिय नेपाली संघ कृषि प्रर्वद्धन समितिका संयोजक यूवराज गुरुङले हस्ताक्षर गरेका हुन् ।
उपभोक्ताको हित संरक्षण एवं कृषिलाई जनस्वास्थ्यमुखी र आत्मनिर्भर बनाउन उद्देश्यले एनआरएनएले मुना आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्ने सहमति गरेको हो ।
२ अर्ब ५० करोड लायतको परियोजनाको डीपीआर लगायतका काम प्रदेश सरकारले गर्ने छ भने भौतिक पूर्वाधार निमार्णको काम कृषि प्रर्वदन समितिले गर्ने गर्नेछ ।