प्रदेश २ को राजधानी र नामको टुंगो लगाउन आयोग गठन

११ कार्तिक ०७५, काठमाडौं । प्रदेश २ को राजधानी र नामको टुंगो लगाउन सरकारले आयोग गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम र राजधानी तय गर्न डा. हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा मोहलाल चौधरी र रामप्रवेश बैठा रहेका छन् ।

आयोगले ४५ दिन भित्र प्रदेशको स्थायी राजधानी र नामको टुङ्गो लगाउने जिम्मा पाएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

समितिले दिने प्रतिवेदनका आधारमा प्रदेश सरकारले निर्णय लिने जनाइएको छ । आयोगल निर्धारित समयभित्र प्रदेशका विभिन्न जिल्लामा सर्वेक्षण गरि बनाएको प्रतिवेदन सरकारलाई बुझाउने छ ।

तपाइको मत