प्रदेश १ ले सुरु ग-यो दशमा पढ्ने विद्यार्थीलाई भर्चुअल कक्षा

१५ बैशाख ०७७, काठमाडौं । समाजिक विकास मन्त्रालय प्रदेश १ ले कक्षा १० तयारी गरिरहेको विद्यार्थीलाई लक्षित गरेर भर्चुअल कक्षा सुरु गरेको छ ।

शैक्षिक योजना तथा अनुसन्धान महाशाखाले आजैदेखि नेपाल टेलिभिजन इटहरी च्यानलबाट बिहान १० बजेदेखि नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषयमा भर्चुअल कक्षा सुरु गरिएको जनाएको छ ।

भर्चुअल कक्षामा माध्यामिक शिक्षा कक्षा १० को परीक्षा तयारी गरेर बसेका विद्यार्थीहरु र विद्यार्थीको जिज्ञासा समाधानका लागि विद्यालयका विषयगत शिक्षकको व्यवस्था मिलाइएको समेत बताइएको छ ।

महाशाखाले टेलिभिजनबाट कार्यक्रम प्रसारण हुने सम्बन्धमा आइतबार प्रदेश १ का सबै स्थानीय तहहरुलाई पत्राचार गरेको थियो ।