२२ बैशाख ०७६, विराटनगर । प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।
आइतबार धरान उपमहानगरपालिकाको अगुवाईमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र स्थानियवासीले विराटनगरस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले सिट्ठी फुकेर प्रदर्शन गरेका छन् ।
प्रदेशको राजधानीको सहमति खोज्न संसद भवनस्थित मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा सर्बदलीय बैठक बसिरहेको छ । बैठकमा कांग्रेसका संसदीय दलका नेता राजीव कोइराल, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवलगायतको उपस्थित रहेको छ ।
स्थायी राजधानी तोक्ने तयारी गरेको प्रदेश १ सरकारले केही दिनअघि मात्रै साविकको पूर्वाञ्चलको राजधानी धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको थियो ।