‘प्रकाण्ड’लाई ४८ घण्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

२८ साउन ०७५, काठमाडौं । सर्वोच्च अदालतले  नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ४८ घण्टाभित्र अदालतमा हाजिर गराउन आदेश दिएको छ ।

सोमबार सर्वोच्च अदालतर्कौ कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले नेता प्रकाण्डलाई थुनामा राख्नुका कारणसहित ४८ घण्टाभित्र अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश दिएको हो ।

नेता प्रकाण्ड पक्राउ परेलगत्तै उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विश्वकर्माले सर्वोच्चमा रिहाइको माग गर्दै निवेदन दिएका थिए ।

अवैध चन्दा उठाएको आरोप लगाउँदै बुधबार नेता प्रकाण्डलाई प्रहरीले काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेको थियो । उनी हाल प्रहरी हिरासतमा छन् ।

चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्न आइतबार मात्र उनलाई जिल्ला अदालत, काठमाडौंले थप ३ दिन थुनामा राख्न आदेश दिएको थियो ।

तपाइको मत