९ पुस ०७५, काठमाडौं । सरकारसँग चार बुँदे सहमतिपछि अनशनरत छ पूर्वलडाकुले अनशन तोडेका छन् ।
सोमबार मंसिर २७ गतेदेखि माइतीघर मण्डलामा जुम्लाका नरवीर दमाई, बर्दिया गुलरियाका संग्रमे सार्की, बर्दिया सानोश्री लिलाचन्द्र कामी, मकवानपुरका मंगलसिंह प्रजा, कालिकोटका मन दर्जी र जुम्ला तातोपानीका वीरबहादुर परियारले सरकारसँग चारबुँदे सहमतीपछि अनशन तोडेका हुन् ।
सरकारले पूर्वलडाकुसँग प्रहरी हिरासतमा रहेका पूर्वमाओवादी लडाकु युवराज विकलाई रिहा गर्ने, अपाङ्ग लडाकुलाई उपचारका लागि पहल गर्ने लगायतका प्रतिवद्धता जनाएको छ ।
उनीहरूले जनयुद्ध तथा आन्दोलनका घाइतेलाई समय सन्दर्भिक जीवन निर्वाह भत्ता ग्यारेन्टी गर्ने, त्यस्ता व्यक्तिहरूलाई निःशुल्क शिक्षा तथा रोजगारीको व्यवस्था गर्ने, औषधी तथा उपचारका आर्थिक सहायता गर्ने, जनयुद्धका क्रममा घाइते भएका व्यक्तिको पुनस् अवलोकन प्रतिशन निर्धारण खारेज गर्ने जस्ता माग राखेका थिए ।