पाल्पा बस दुर्घटनामा परेका तीन घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइयो

१९ जेठ ०७५, तानसेन । पाल्पाको रम्भा- ४ हुमिनमा भएको बस दुर्घटनाका नौ मध्ये तीन घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

घाइतेहरु तानसेन नगरपालिका-३ का सान्तम बज्राचार्य, तानसेन-३ कै प्रवीण बज्राचार्य र चालक तानसेन-६ अर्जुन थापालाई काठमाडौं थप उपचारका लागि लगिएको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले घाइतेहरुलाई गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको बताए ।

बाँकी पाँच जना घाइतेहरु तानसेन-२ का प्रफुल्ल शर्मा, तानसेन-६ का विमल रन्जन, तानसेन-३ का उत्तमकुमार बज्राचार्य, तानसेन-२ का ओम मलेगो, मिना खाम्चा र तानसेन-६ की पूर्णमाया महर्जनको मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

शुक्रबार बिहान साढे नौ बजे  साँघुरो सडकमा जीपलाई साइड दिने क्रममा जमिन भासिएपछि लु २ ख ९७५ नम्बरको बस सडकबाट करीब १ सय ५० मिटर तल खसेको थियो ।

तपाइको मत