पाकिस्तानको सत्तारूढ पार्टीकी नेतृ साहिन रजाको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी । पाकिस्तानको सत्तारूढ पाकिस्तान तहरिके इन्साफ पार्टीकी नेतृ साहिन रजाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ६९ वर्षीया नेतृ साहिनको बुधबार मृत्यु भएको जनाएका छन् ।

उनको मृत्युमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र पञ्जाबका मुख्यमन्त्री उस्मान बुजदारले दुःख व्यक्त गरेका छन् ।

शाहिन रजाको लाहोरको मेयो अस्पतालमा उपचार भइरहेको थियो । पाकिस्तानस्थित गुजरांवालाका डेपुटी कमिसनरले शाहिन रजालाई सुरुमा गुजरांवालाको सिभिल अस्पतालमा भर्ना गरेको थियो ।

आफ्नो चुनावी क्षेत्रको भ्रमणका क्रममा नेतृ शाहिनमा कोरोना संक्रमण भएको बताइएको छ ।

पाकिस्तानमा पछिल्लो अद्यावधिक विवरणअनुसार ४८०९१ जनामा कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ भने एक हजार १७ को मृत्यु भएको बताइएको छ ।