पदिकी शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ

१६ पुस ०७५, राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका १० निवासी पदिकी शेर्पाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही वडा निवासी ३७ वर्षिय सन्तोष तामाङलाई सोमबार पक्राउ गरेको हो ।

पुस १२ गते बिहानदेखी घरबाट बेपत्ता भएका २६ वर्षिया पदिकी शेर्पाको १३ गते घर नजिकै रहेको पानीको कुलोमा मृत अवस्थामा फेला परेकी थिइन् ।

सो घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दै जाँदा अनुसन्धानका क्रममा सन्तोष तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका तामाङले पुरानो रिसिईवीका कारणले पदिकी शेर्पाको घर नजिकै रहेको नहर छेउमा ढुङगा र खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

तपाइको मत