२० जेठ ०७५, मोरङ । बेतना एफएम तथा निरन्तर खवर डटकमका सम्पादक दिनेश गिरीमाथि आक्रमण भएको छ ।
बेलबारी-१ स्थित घरमा बसिरहेको अवस्थामा गएराति पाँच सात जनाको समुहले उनीमाथि सांघातिक आक्रमण गरेको हो ।
रड, ढुंगाको कुटाइबाट पत्रकार गिरीको टाउकोमा चोट लागेकाले विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ ।
पत्रकार गिरीमाथि अक्रमणमा संलग्न बेलबारी -१ का विशाल थापा र बेलबारी- ३ का चित्र खड्कालाई बेलबारी प्रहरीले पक्राउ गरेको छ । अन्य चार जनाभने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार नेपाल पत्रकार महासंघ मोरङ शाखाले गिरीमाथिको आक्रमणको विरोध गर्दै विज्ञप्ति जारी गरी क्रसर उद्योगको विषयमा समाचार लेखेकै भरमा सञ्चारकर्मीमाथी आक्रमण भएकाले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।