न्याम्समा पदाधिकारी नियुक्तिको माग गर्दै वीर अस्पतालमा धर्ना

५ फागुन ०७५, काठमाडौं । पदाधिकारी नियुक्तिको माग गर्दै वीर अस्पतालका कर्मचारी युनियनले धर्ना दिएको छ ।

युनियनले आइतबार दिउँसो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा पदाधिकारी नियुक्तिको माग गर्दै एक बजेदेखि दुई बजेसम्म पाँचौ दिन पनि धर्ना दिएका हुन् ।

वीर अस्पताल कर्मचारी युनियनका महासचिव दीपक मुडवरीले न्याम्समा पदाधिकारी रिक्त भएको एक सय ९४ दिन वितिसक्दा पनि सरकारले पदाधिकारी नियुक्त गर्न तदारुकता नदेखाउनु दुर्भाग्यको भएको बताउँदै भने ‘नेपालको सबैभन्दा ठूलो स्वास्थ्य संस्था पदाधिकारी विहिन हुनु दुखको कुरा हो’ ह भने ‘त्यसैले, हामीले न्यासमा छिटो भन्दा छिटो पदाधीकारीको नियुक्तिको माग राख्दैे धर्ना कार्यक्रमको आयोजना गरेका हौं ।’

गत साउन २३ गते न्याम्स पदाधिकारी विहिन भएपछि प्रधानमन्त्री एवं न्याम्सका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले न्याम्सका सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकवत्मा डा धर्मकान्त बास्कोटा र डा सुशीलनाथ प्याकुरेलसहितको उपकुलपति सिफारिश समिति गठन गरेका थिए ।

तपाइको मत