२५ साउन ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भारत भ्रमणमा जाने भएका छन् ।
प्रचण्डले आगामी भदौं २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले हालै मात्र भ्रमणको निम्तो दिएका छन् ।
भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।