२८ भदौ ०७५, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षण सुरु गरेको छ ।
तीन जनाको शंकास्पद देखिएकाले रगत परीक्षणका लागि डिएनए परीक्षण पठाइएको हो । निर्मला आफन्त र स्थानीयले एसपी र डिएसपीको डिएनए परीक्षण माग गरेका थिए ।
एसपी बिष्ट, विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष बिष्टको रगत डिएनए परीक्षणको लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा पठाइएको प्रहरी प्रवक्ता शैलेस थापाले बताए ।
यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका छन् ।
यसैगरी निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी हाजिर जमानीमा र बबिता बम ३० हजार रुपैयाँ धरौटीमा छुटिसकेका छन् ।