२० मंसिर ०७५, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै गर्दा राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
‘म निर्मला’ लेखिएको कागज टाउकोमा टाँसेका उनीहलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा हिरासतमा राखिएको छ ।