‘निर्मलाका दोेषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट म छु’– गृहमन्त्री बादल

२९ भदौ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पहिचान हुन नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताएका छन् ।

शुक्रबार गृहमन्त्रालमा निर्मलाका आमा र बुवासहितको प्रतिनिधिमण्डलालाई भेट्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।

भेटमा गृहमन्त्री थापाले निर्मलाको हत्याराको नजिक आफुहरु पुिगसकेकाले दोषीलाई कठघारमा ल्याई छाड्ने प्रतिवद्धता जनाउदैँ भने –‘दोषीलाई कठघारमा ल्याउन नसक्दा जति पिडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होलाजस्तो मलाई लाग्छ ।’

गृहमन्त्री थापाले भने –‘कञ्चनपुर घटनामा हामीले सुरु देखिनै ध्यान दिएका हौ । घटना लगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौँ, त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौँ, त्यसले पनि नभएपछि उच्चस्तरीय छानविन समिति गठन गीरएकोछ । समिति बाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भईरहेको छ ।’

गृहमन्त्रीले सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिईने स्पष्ट पार्दै दोषी छिटो भन्दा छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएकोले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताए ।

त्यस्तै, निर्मलाका आमा, बुवाले घटना भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको, प्रहरीबाट बिगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटो भन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए ।

तपाइको मत