धरान उपमहानगरका मेयर सम्पाङ गाग्री बोकेर सिंहदरबार पुगे

८ माघ ०८१, काठमाडौं । संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ गाग्री बोकेर सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेका छन् ।

मेयर सम्पाङ संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेपछि दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए ।

आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् । गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका थिए ।