६ बैशाख ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छिन् ।
शुक्रबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २४५ को उपधारा २ बमोजिम थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् ।
संवैधानिक परिषदले प्रमुख आयुक्तमा सिफारिस गरेका थपलियाको नाम बुधबार संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।