८ वैशाख ०७६, राजविराज । प्रहरीले नेपाल भारत सिमाको दशगजा क्षेत्रबाट अबैध रुपमा भारततर्फ लैजादै गरेको १०० बोरा मरिच बरामद गरेको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नं. ३ स्थित नेपाल भारत सिमाको दशगजा क्षेत्रमा ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीलले उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को १ च ९०३९ नं. को पिकअप गाडीबाट २५ के.जी.का १०० बोरा मरिच बरामद गरेको हो ।
पिकअप गाडीका चालक सुनसरीको छिटाहा वडा नं. ६ का २८ वर्षिय चालक सुन्दर सुतिहारलाई नियन्त्रणमा लिई मरिच र पिकअप गाडीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय राजविराज वेल्ही सप्तरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
१०० बोरा मरिचको करिव आठ लाख रुपैया पर्ने प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।