दरबार केन्द्रमै, गाउँ–गाउँमा सिंह मात्रै – काँग्रेस

९ भदौ ०७५, राजविराज । नेपाली काँग्रेसका नेता राम सरोज यादवले वर्तमान सरकार संवैधानिक ब्यवस्था कमजोर बनाउन सक्रिय रहेको आरोप लगाएका छन् ।

काँग्रेस सप्तरी क्षेत्र नं. ३ ले राजविराजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेश २ का काँग्रेस संसदीय दलका नेता यादवले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले कञ्चनपुर घटनातर्फ संकेत गर्दै शान्तिपूर्ण आन्दोलनमार्फत् न्याय माग्दा सरकारले गोली बर्साएर दमन गरेको आरोप लगाए ।

‘न्याय दिनुको सट्टा यो सरकार त्यसको बर्खिलाफमा उभिएको छ’ उनले भने, ‘न्याय माग्दा र गलत कामको विरोध गर्दा गोली वर्षाएर सरकारले जनताको मुख थुन्ने काम गरिरहेको छ ।’

दरबार केन्द्रमै गाउँ–गाउँमा सिंह मात्रै

नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष शैलेन्द्रकुमार मण्डलले चुनावका बेला सत्ता पक्षले गाउँ–गाउँमा सिंहदरबारको नारा दिए पनि अहिले दरबार केन्द्रमै र गाउँ–गाउँमा सिंह मात्रै देखिएको बताए ।

सूचना सबैको अधिकार भएको जिकिर गर्दै उनले सूचना माग्न जाँदा जनप्रतिनिधिबाट ‘सिंह’ जस्तै आक्रमक व्यवहार हुने गरेको पनि बताए ।

तपाइको मत