तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदै

२२ माघ ०७५, काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होछार पर्व मनाउँदैछन् ।

नयाँ वर्षका रुपमा मनाइने यो पर्वमा तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी धुमधामका साथ मनाएका छन् ।

ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेका छन् । उपत्यकामा बसोबास गर्दै आएका तामाङ समुदायका महिला पुरुषहरुले आ–आफ्नो जातीय पोशाक र साँस्कृतिक झाँकीसहित कार्यक्रममा सहभागी भएका छन् ।

ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न राजनैतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ ।  पात्रोका अनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ ।

तपाइको मत