९ असोज ०७५, जामुने । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा मिनी बस र माइक्रोबस आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको भने ८ जना घाइते भएका छन् ।
मंगलबार दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरको लु १ ख ४१९४ नम्बरको बस पृथ्वी राजमार्ग अन्र्तगत मनहरीमा ठोक्किएको हो ।
मृत्यु हुनेमा व्याँस–११ घर भई हाल भादगाउँमा बस्दै आएकी ३४ वर्षीया सरस्वती कुँवर र पहिचान खुल्न नसकेकी अन्दाजी १९ वर्षकी एक युवतीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेहरुको दमौली र पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका उपरीक्षक सिद्धीविक्रम शाहले बताए ।