तनहुँको भुलभुलेमा पर्यटक बस दुर्घटना, १० जना घाइते

१७ पुस ०७५, तनहुँ । पृथ्वी राजमार्ग म्याग्दे गाउँपालिका ४ भुलभुलेमा पर्यटक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

चितवनबाट पोखरातर्फ जाँदै गरेको बा १ प १०४६ नम्बरको पर्यटक बस साइड दिने क्रममा दुर्घटनामा परेको हो । बसमा ३५ जना सवार रहेका थिए ।

घाइते हुनेमा स्थानीयसँगै कोरियन नागरिक रहेका, घाइते सबैको जीपी कोइराला स्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

तपाइको मत